कला


अपडेट: पुष्पा-२ का अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा

अपडेट: पुष्पा-२ का अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा

पक्राउ परेका बेला अभिनेता अल्लु अर्जुन


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २१:६, काठमाडौँ

‘पुष्पा-२’ को प्रिमियरका क्रममा भागदौड हुँदा महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका अभिनेता अल्लु अर्जुनलाई तेलंगाना उच्च अदालतले जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ। 

यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो।

अभिनेता अल्लु अर्जुनलाई प्रहरीले शुक्रबार बिहान १२ बजे उनकै घरबाट पक्राउ गरेको थियो। 

त्यसपछि अपराह्न ४ बजे उनलाई स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो।

तर उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेको र अपराह्न ५ बजे धरौटीमा रिहाको आदेश पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तो थियो घटना 
यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ। 

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो। 

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad