कला


अल्लु अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’को गीत ‘किसिक’बाट भड्किए दर्शक

अल्लु अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’को गीत ‘किसिक’बाट भड्किए दर्शक

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १४:२१, काठमाडौँ

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को गीत ‘किसिक’ सार्वजनिक भएको छ।

लिरिकल गीतको भिडिओमा फिल्मका फुटेज प्रयोग गरिएका छन्। रक‍िब अलामको शब्द रहेको गीतमा लोथिका र सुबलाशिनीको स्वर सुन्न सकिन्छ।

रमाइलो शैलीमा तयार पारिएको गीतमा डिएसपीले संगीत भरेका छन्। तर, ‘कासिक’ गीत रिलिज हुनेबित्तिकै फ्यानहरू भड्किएका छन्। गीतको शब्द र स्वरबाट निराश बनेका फ्यानहरूले गीतको चर्को आलोचना गरिरहेका छन्। अल्लु अर्जुनले भर्खरै आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत ‘कासिक’ गीत रिलिज भएको आधिकारिक घोषणा गरे।

गीतको हिन्दी बोल सुनेपछि फ्यानमा निराशा छाएको छ। गीतमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो सबैभन्दा खराब गीत हो, सबै अपेक्षा चकनाचुर भएको छ।’

फिल्मप्रति प्रश्न गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘एउटा गीतले पूरै फिल्म बिगार्नु हुँदैन। यसमा राखेको अरू कुनै गीत भेटिएन।’

अर्काले लेखेका छन्, ‘हे भगवान्, के भयो यिनीहरूलाई, किन बनायो यो मूर्ख गीत, यो बकवासबाहेक कुनै सामान्य गीत भेटिएन।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ, यो गीत फिल्ममा नआओस्।’

ट्रोलिङका बाबजुद पुष्पा २ को लिरिकल हिन्दी गीत किरिकले टी-सिरिजको युट्युब च्यानलमा १ करोड १४ लाखभन्दा बढी भ्युज पाएको छ। यो गीत ट्रेन्डिङको चौथो नम्बरमा ट्रेन्डिङमा छ। यो डिसेम्बर ५ मा तमिल, तेलुगु, हिन्दी, कन्नड, बंगाली र मलायालम भाषामा रिलिज हुनेछ। यो पहिलो पान इन्डिया फिल्म हो, जुन बंगाली भाषामा पनि रिलिज हुनेछ।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्मको निर्माता नवीन येर्नेनी र रविशंकर यममाञ्चिली हुन्। त्यसैगरी, फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको फिल्ममा अभिनय छ। १७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पाः द राइज’ निकै सफल फिल्म हो। यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad