गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। यस गीतलाई दर्शकले १ करोड पटक हेरेका छन्।
गीत आइतबारसम्ममा युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ भने ४ हजार माथी दर्शकले कमेन्ट गरेका छन। दुई महिनाअघि सार्वजनिक भएको यो गीतका केही हरफहरु टिकटकमा भाइरल भएका थिए।
धेरैले यस गीतमा भिडियो बनाएका थिए। लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार भएको हो।
गायक बि.केले ‘राधा पियारी’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको प्रतिकृया दिएका छन्। आफ्नो गीतलाई यति धेरै रुचाइदिएकोमा बि.केले यसको श्रेय स्रोता र दर्शक भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
गीत रिलिज गर्दा एक किसिमका अपेक्षा भएपनि यति धेरै चर्चाको आशा नगरेको उनको भनाइ छ। आफ्नो गीत टिकटकमार्फत बढी भ्युज गएको उनको बुझाइ छ।
ओ.एस.आर डिजिटल युटउब च्यानलबाट सार्वजनिक गीतको भिडिओमा सिने क्षेत्रका दुई कलाकारहरू पल शाह र मलिका महतले अभिनय गरेका छन्। गीतको नाम‘राधा पियारी’ भएपनि गीतको भिडिओले सहकारी पीडितहरूको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो।
देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो।
गीतमा कृष्ण बि.के स्वयंले शब्द तथा संगीत भरेका छन्। जि.बि अग्रको निर्देशन रहेको गीतलाई नरेश बिबिसिले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। संजय विश्वकर्माले कोरियोग्राफी गरेको गीतको भिडिओमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।
Shares

प्रतिक्रिया