कला


थलापति विजयलाई उछिन्दै अल्लु अर्जुन बने धेरै पारिश्रमिक लिने भारतीय अभिनेता

थलापति विजयलाई उछिन्दै अल्लु अर्जुन बने धेरै पारिश्रमिक लिने भारतीय अभिनेता

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १६:१९, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ बहुप्रतिक्षित फिल्म हो। फ्यानहरु यस फिल्मको व्यग्र प्रतिक्षामा छन्। अन्ततः यो फिल्म डिसेम्बर (मंसिर २०) बाट रिलिज हुँदैछ।

यसैबीच, अल्लु अर्जुनको पारिश्रमिकबारे नयाँ खबर छ। उनले ‘पुष्पा २’का लागि ३ सय करोड भारु लिएको बताइएको छ। उनले थलापती विजयलाई पछाडि पारेका छन्। अब अल्लु अर्जुन देशकै सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन्।

ट्र्याक टलिउडको एक रिपोर्टमा उनको पारिश्रमिकबारे दाबी गरिएको हो। राष्ट्रिय अवार्ड विजेता कलाकारले पुष्पाको भूमिकाका लागि ३ सय करोड भारु लिएको बताइएको छ। फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र कमाईको हिसाबले धेरै रेकर्ड बनाएको थियो।

त्यस फिल्मको सफलतापछि अल्लु अर्जुनको स्टार भ्यालु मात्रै होइन पारिश्रमिक पनि बढेको छ। अहिले ‘पुष्पा २’ को हाइप निकै बढेको छ। नेटफ्लिक्सले पनि यसको महंगो मूल्यमा यसको डिजिटल राइट खरिद गरिसकेको छ।

रिपोर्टका अनुसार थलापति विजयले ‘थलापती ६९’ को लागि २७५ करोड भारु लिएका थिए। त्यसपछि उनी शाहरुख खानलाई पनि उछिन्दै भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बने। तर, अब अल्लु अर्जुनले थलापतिको रेकर्ड तोडेका छन्। उनलाई हराउँदै ‘पुष्पा’ स्टार देशकै सर्वाधिक पारिश्रमिक लिने कलाकार बनेका हुन्।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुनसहित रश्मिका मन्डानाको मुख्य भूमिका छ। फिल्ममा फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad