बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले शनिबार (अक्टोबर २६) मा आफ्नो ४९औँ जन्मदिन आफ्ना प्रेमीसँग मनाएकी छन्।
उनको जन्मदिनमा आफ्ना चर्चित प्रेमी अर्सलान गोनी र नजिकका साथीहरूलाई बोलाएकी थिइन्।

उनको जन्मदिन पार्टीमा सुजैनका पूर्वपति ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद पनि सहभागी भएका थिए।
यसैबीच सबाले एक तस्बिर सार्वजनिक गरेकी छन्, जसमा उनीहरू सँगै पोज दिँदै निकै खुसी देखिन्छन्। सबाले बर्थडे गर्ल सुजेनका लागि उपयुक्त उपनाम पनि दिएकी छन्।

सबाले इन्स्टाग्राम ह्यान्डलको स्टोरीमा सुजैन, अली र ऋतिकसँगको आफ्नो एक विशेष तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘ह्याप्पी बर्थडे सुजालु (रातो मुटुको इमोजीको साथ) सधैँ मुस्कुराइरहनुहोस्।’
सन् २००० मा विवाह गरेका ऋतिक र सुजैनले सन् २०१४ मा सम्बन्ध विच्छेद (डिभोर्स) गरेका थिए। उनीहरूका दुई छोरा रिहान र रिदान पनि छन्।
Shares

प्रतिक्रिया