दीपक-दीपाको आमा सरस्वती मूभिज १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माण कम्पनी बनेको छ। यसबाट बनेका ८ फिल्मको कूल कमाइ १ अर्ब पुगेको छ।
यो जानकारी कम्पनी प्रमुख, निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका हुन्।
हाल यस कम्पनीद्वारा निर्मित फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शनरत छ। रिलिजको दशौँ दिन शनिबारसम्म ‘छक्कापञ्जा ५’को कमाइ जोड्दा फिल्मले सय करोडभन्दा धेरै कमाउने कम्पनीको कीर्तिमान रचेको हो।
‘छक्कापञ्जा ५’को १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
‘छक्कापञ्जा’को पहिलो श्रृंखलाले १६ करोड, दोस्रोले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड कमाइ गरेको आमा सरस्वती मूभिजले जनाएको छ।
Shares

प्रतिक्रिया