बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ ले प्रदर्शनको अनुमति पाएको छ। सेन्सर बोर्डले फिल्मलाई रिलिजको लागि सर्टिफिकेट दिएको छ।
ट्रेलर रिलिज भएदेखिनै ‘इमरजेन्सी’ को विरोध सुरु भएको थियो। लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन। जसकारण प्रदर्शन मिति सेप्टेम्बर ६ मा फिल्म रिलिज हुन सकेन।
सेन्सर प्रमाणपत्रको माग गर्दै फिल्म निर्माता जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज बम्बई उच्च अदालत पुगेको थियो। यस फिल्ममा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्।
सिख संगठनले यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए। शिरोमणि अकाली दललगायत सिख संगठनले फिल्म निर्माताले सिख समुदायको भावनामा चोट पुर्याएको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाए। आफूसँग सम्बन्धित घटनालाई विकृत गरिएको शिख समुदायको आरोप थियो।
यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ। कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन्।
सर्टिफिकेट पाएपछि अभिनेत्री कंगनाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छन्।
‘हाम्रो फिल्म इमरजेन्सीले सेन्सर बोर्डको तर्फबाट सर्टिफिकेट पाएको खबर घोषणा गर्न पाउँदा एकदमै खुशी लागिरहेको छ। हामी छिट्टै फिल्मको रिलिज डेट छिट्टै घोषणा गर्नेछौं। तपाईहरू सबैलाई समर्थनका लागि धेरै धेरै धन्यवाद,’ उनले ट्विटरमा लेखेकी छन्।
कंगना रनावत निर्देशित फिल्ममा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन्। फिल्ममा सन् १९७५ देखि १९७७ सम्म भारतमा लागेको २१ महिनाको इमरजेन्सीलाई देखाइएको छ। जसलाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएकी थिइन्।
फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया