कला


ब्रेकअपबारे मलाइका– व्यक्तिगत र व्यावसायिक जीवनमा जे भए पनि पछुताउनु हुन्न

ब्रेकअपबारे मलाइका– व्यक्तिगत र व्यावसायिक जीवनमा जे भए पनि पछुताउनु हुन्न

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १३:१४, काठमाडौँ

केही समय अघि बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो। हालै यस खबरमा मलाइकाले पहिलोपटक मुख खोलेकी छिन्। 

उनले कुनै पछुतो बिना आफ्नो जीवन बिताइरहेको बताएकी छिन्। साथै उनले जीवनमा आफूले जे रोजेकी छिन्, त्यसले आफ्नो जीवनलाई आकार दिएको बताइन्।

एक म्यागेजिनसँग कुरा गर्दैँ अरोराले भनिन्, ‘मलाई विश्वास छ कि मैले व्यक्तिगत र व्यावसायिक जीवनमा गरेको हरेक रोजाइले मेरो जीवनलाई आकार दिएको छ। म कुनै पश्चाताप बिना बाँचिरहेको छु। म भाग्यमानी महसुस गर्छु कि चीजहरू जसरी थिए त्यसरी खुल्दै छन्।’

मलाइका अरोराका बुवा अनिल मेहताको केही समयअघि निधन भएको थियो। यस दुःखमा मलाइकालाई साथ दिन अर्जुन कपुर आएका थिए। 

अर्जुन कपूर अनिल मेहताको प्रार्थना सभामा पनि देखिएका थिए।

जुम रिपोर्टका अनुसार मलाइका अरोरा र अर्जुन कपूर नोभेम्बर २०२३ मा नै ब्रेकअप भएका थियो। रिपोर्टमा भनिएको छ कि दुई मध्ये एक विवाह गरेर बस्न चाहन्छन्, जबकि अर्को यसको लागि समय चाहन्छन्। यही कारण उनीहरुको द्वन्द्व सुरू भयो।

उनीहरूको ब्रेकअपको खबर तब चर्चामा आयो जब मलाइका अरोराले अर्जुन र उनका आफन्तलाई इन्स्टाग्रामबाट अनफलो गरिन्। 

सन् २०१६ देखि उनीहरु प्रेमसम्बन्धमा परेका थिए। यो जोडीले जन्मदिनको पोस्टमार्फत आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad