कला


‘कर्मा’मा एक्सन अवतारमा देखिँदै विपिन कार्की

‘कर्मा’मा एक्सन अवतारमा देखिँदै विपिन कार्की

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १२:४०, काठमाडौँ

अभिनेता विपिन कार्की फिल्म ‘कर्मा’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको हो। 

सार्वजनिक पोस्टरमा विपिन जिममा कसरत गरिरहेको देख्न सकिन्छ। 

त्यसैगरी, फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। यो फिल्म नयाँ वर्षको अवसरमा आगामी चैत २९ गतेबाट रिलिज हुनेछ। 

यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। एक्सन-ड्रामा जनरामा बन्ने फिल्ममा सौरभकै कथा रहेको छ। यसमा विपिनलाई एक्सन अवतारमा देख्न पाइने उनको भनाइ छ। अन्य कलाकारहरू पनि छनोट कार्य जारी छ। 

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्साल निर्माता हुन्। फिल्मको छायांकन मंसिर दोस्रो सातापछि सुरू हुने बताइएको छ। 

सौरभको यो तेस्रो निर्देशकीय फिल्म हो। गतवर्ष सौरभ निर्देशित ‘अगस्त्यः च्याप्टर–१’ रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad