चर्चित गीत ‘चाहिँदैन तिमी बिनाको सुनैको दरबार’ को दोस्रो भाग सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक प्रमोद खरेल र अस्मिता अधिकारिको स्वर सुन्न सकिन्छ।
क्षितिज सापकोटा युट्युव अकाउन्डमार्फत सार्वजनिक गीतमा सापकोटाकै शब्द रहेको छ। दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन्।
रंगकर्मी नरेन भट्टाईको निर्देशनमा बनेको गीतको भिडिओमा विपिन कार्की र लुनिभा तुलाधरको अभिनय रहेको छ। जोडीको रुपमा विपिन र लुनिभाले निकै राम्रो काम गरेका छन्। नरेनले यसै गीतबाट निर्देशनमा डेब्यु गरेका हुन्।
रंगकर्मी कृष्ण खड्काको कथामा तयार भएको भिडिओलाई प्रमोद कार्कीले खिँचेका हुन्। भिडिओमा निःसन्तान दम्पतीलाई समाजले गर्ने व्यवहार देखाइएको छ। दोस्रो भागलाई पनि दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ।
यस गीतको पहिलो भागमा पनि प्रमोद र अस्मिताकै स्वर रहेको थियो। तीन वर्षअघि सार्वजनिक गीतलाई युट्युबमा डेढ करोड बढी पटक हेरिएको छ।
Shares

प्रतिक्रिया