कला


यौन शोषण आरोप लागेका कोरियोग्राफर जानी मास्टरको राष्ट्रिय अवार्ड खोसियो

यौन शोषण आरोप लागेका कोरियोग्राफर जानी मास्टरको राष्ट्रिय अवार्ड खोसियो

फाइल तस्बिर: जानी मास्टर


नेपालखबर
असोज २०, २०८१ आइतबार २२:५, काठमाडौँ

नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेका जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड खोसिएको छ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले आइतबार सो जानकारी दिएको हो।

जानीविरुद्केध गत सेप्टेम्बर १५ मा उनकी सहायक रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेसनमा एफआईआर (जाहेरी) दर्ता गराएकी थिइन्।

सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’ को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफ गरेबापत जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। उनले सतीश कृष्णनसँग यस गीतको कोरियोग्राफ गरेका थिए।

उनले स्त्री २ को गीत ‘आइ नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को कोरियोग्राफ गरेका छन्।

सहायकको आरोप- १६ वर्षकी हुँदादेखि नै मलाई यौन शोषण गरिरहेका थिए
जानी मास्टरविरुद्ध मुद्दा दायर गरेकी युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका ​​क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्। उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुर्व्यवहार गरेका थिए।

युवतीले आफ्नो जाहेरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन्। दुई वर्षपछि जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन्।

त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुर्व्यवहार गरे। त्यसपछि जानीले लगातार धम्की दिएर यौन शोषण गरेको युवतीको आरोप छ। उनले आफूलाई विवाहका लागि पनि बारम्बार दबाब दिएको पनि दाबी गरेकी छन्। यति मात्र होइन, जानीले आफूलाई एकपटक आफ्नो घरमा लगे जहाँ जानी र उनकी श्रीमती (आयशा) ले उनलाई कुटपिट गरे।

यो मुद्दा पहिलोपटक तेलंगाना वुमन सेफ्टी विङ (डब्ल्यूएसडब्ल्यू) मा शिखा गोयलले उठाएका थिइन्। उनले नै पीडितलाई प्रहरीमा जाहेरी दिन सुझाव दिएकी थिइन्। यसअघि पनि २०१५ मा एक विवादका कारण जानी ६ महिना जेल परेका थिए। दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad