कला


‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेपछि २० मिनेटमै काम गर्न तयार भएँ : नीति शाह

‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेपछि २० मिनेटमै काम गर्न तयार भएँ : नीति शाह

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:९, काठमाडौँ

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ फूलपातीको दिन असोज २४ गतेबाट रिलिज हुँदैछ। यस फिल्ममा जितु नेपालको जोडीका रुपमा रहेकी नीति शाह ‘लक्ष्मी’ भूमिकामा छिन्। रिलिज मिति नजिकिएसँगै नीति फिल्मलाई लिएर निकै उत्साहित छिन्।

नीतिका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ। फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाइ छ। ‘ज्वाइँ साब’ को स्क्रिप्ट सुनेको २० मिनेटमै काम गर्न तयार भएको नीतिको भनाइ छ। 

उनले फिल्मको अफरबारे सम्झिँदै भनिन्, ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनेँ। स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भदिनिएँ। यो फिल्मको स्क्रिनप्ले राम्रो छ। मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न सहमत भएँ। फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुहुन्छ भन्ने थाहा पाएँ।’

फिल्म ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेको सुनाइन्। भनिन्, ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ। फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु। तर अझ धेरै सिक्न बाँकी छ।’

आफू जितु नेपालको कामबाट प्रभावित भएको नीतिले बताइन्।

‘जितु दाई म भन्दा धेरै सिनियर। तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन। उहाँले एकदमै सहजीकरण गर्नुभयो। काम गर्न सजिलो भयो। फिल्मको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ। त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, नितीले भनिन्।

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो। त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने। निती टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन्। 

‘हाँसीखुसी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन्। यो कसरी सम्भव छ? भन्ने चासो आम मानिसमा रहेछ। तर मेरो बुझाइमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad