ad ad

कला


अर्बपति बनिन् सेलिना गोमेज

अर्बपति बनिन् सेलिना गोमेज

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १९:५४,

गायिका, अभिनेत्री, लगानीकर्ता तथा उद्यमी सेलिना गोमेज अर्बपति बनेकी छन्। यससँगै उनले आफ्नो करिअरमा नयाँ कोसेढुंगो पार गरेकी छन्।

३२ वर्षको उमेरमा यो सफलता हासिल गरेकी उनीसँग १.३ अर्ब डलर सम्पत्ति छ।

आफ्नै दममा अर्बपति बनेका अमेरिकाका सबैभन्दा कम उमेरका मान्छेहरूमध्ये उनी एक हुन्। ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १.३ अर्ब डलर छ।

उनले सो सम्पत्तिको केही हिस्सा गायन, ब्रान्ड साझेदारी र अभिनयबाट कमाएकी हुन्। तर, आफ्नो सम्पत्तिको ठूलो हिस्सा उनले ‘रेअर ब्युटी’ नामक मेकअप ब्रान्डबाट कमाएकी हुन्। जुन पाँच वर्षपहिले स्थापना भएको थियो।

४२ करोड फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा पनि उनले विभिन्न ब्रान्डसँग साझेदारी गर्छिन्।

इन्स्टाग्राममा उनी सबैभन्दा बढी फलोअर्स भएका तेस्रो व्यक्ति हुन्। उनीभन्दा बढी क्रिस्टियानो रोनाल्डोको ६३ करोड र लियोनल मेस्सीको ५० करोड फलोअर्स छन्। जसका कारण उनले पुमालगायत ब्रान्डसँग करोडौँको ‘इन्डोर्समेन्ट डिल’ गरेकी छन्।

पछिल्लो समय उनी ‘वन्ली मर्डर्स इन द बिल्डिङ’मा अभिनय गरिरहेकी छन्। पाँचौँ सिजन आउने तयारी भएको यो सिरिजमा उनले प्रतिसिजन ६० लाख डलर कमाउँछिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .