ad ad

कला


फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक (भिडिओ)

फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक (भिडिओ)

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:३२, काठमाडौँ

असोज ११ गतेबाट रिलिज हुने फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक गरिएको छ। नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निकालिएको ‘थीम सङ्ग’ निकै मर्मस्पर्शी छ।

सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ। गीतमा पवन गिरी र मीना सिंह स्वर सुन्न सकिन्छ। दीपक आरजेको संगीत समावेश गीतमा एरेञ्जको काम गंगा थापाले गरेका छन्, मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रियू श्रेष्ठको छ।

गीतको भिडिओमा स्मिता लामिछाने र आरके मेहता फिचर्ड छ्न। गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा प्रस्तुत गर्छ।

भिडिओमा स्मिता र आरकेले गीतको भाव अनुसारको मन छुने अभिनय छ। मिठासपूर्ण शब्द र संगीत रहेको गीत दर्शक श्रोतामाझ लोकप्रिय हुने अपेक्षा निर्माण टिमको छ।

जौन योन्जनको निर्देशनमा बनेको फिल्म पोस्टर र टिजर सार्वजनिक पछि चर्चामा छ। टिजर रिलिजपछिको प्रतिक्रियाले केहि दबाब महसुस भएपनि फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकको अपेक्षा मेल खाने निर्देशक योन्जनले बताए।

फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ। 

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन्।

फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ।

आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ।

फिल्मले नदी किनार ओगटेर बसेका सुकुम्बासी बस्ति भित्रको ‘आँखा’ यो फिल्मले खोल्ने प्रयास गरेको निर्माण टिमले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .