ad ad

कला


‘ज्ञान शाष्त्र’ बाट फिल्ममा डेब्यु गर्दै मोडल स्मारिका ढकाल

‘ज्ञान शाष्त्र’ बाट फिल्ममा डेब्यु गर्दै मोडल स्मारिका ढकाल

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १४:४९, काठमाडौँ

मोडल स्मारिका ढकालले फिल्ममा डेब्यु गर्ने भएकी छिन्। ढकाल फिल्म ‘ज्ञान शाष्त्र’ बाट सिने क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्।

यस फिल्ममा स्मारिका मुख्य भूमिकामा देखिनेछिन्। यस फिल्मले आइतबार बोर्डमा इजाजत अनुमति लिएको थियो। इजाजतपत्रमा हस्ताक्षर गर्दै चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसिले इजाजत दिएका थिए।

टिकटक हुँदै चर्चामा आएकी ढकाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित छिन्।

दिनेश कुवँरको निर्देशनमा बन्ने फिल्म महिलाप्रधान कथामा बन्नेछ। यस फिल्मले शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ।

फिल्ममा स्मारिकासहित समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पौडेल, सुरवीर पण्डित, पूर्णिमा थापा लगायतको अभिनय रहनेछ।

दिवस फिल्मसको ब्यानरमा बन्ने फिल्मको निर्माता प्रेमबहादुर श्रेष्ठ र विकास बराल हुन्। फिल्मको पटकथा भने आभास रानाले लेखेका हुन्।

तीजलगत्तै धादिङ र चितवनमा फिल्मको छायाङ्कन सुरु गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .