ad ad

कला


दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ्’ पुस २६ बाट रिलिज हुने

दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ्’ पुस २६ बाट रिलिज हुने

नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:४९, काठमाडौँ

फिल्म‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले एक पोस्टरसँगै रिलिज गर्दै पुस २६ गतेका लागि रिलिज डेट तोकेको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र सिर्जना निङलेखु छन्। दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ। 

बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ। छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन्। उनी रोइरहेकी छन्। 

आँगनमा ग्यालिन लडेको छ। बिर्को खोलिएको ग्यालिनबाट भर्खरै केही पोखिएको छ। दया र सिर्जनाको भावभंगी र आगनमा पोखिएको तरल पदार्थ हेर्दा त्यो रक्सी हो भन्ने आंकलन लगाउन सकिन्छ। छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उनीहरुले रक्सी पार्ने गरेको थप संकेत गर्छ।

प्रहरीले अथवा फिल्म दुई दशक अगाडिको माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिए। सोही क्रममा दयाहाङको झगडा उनीहसँग पर्यो। यसले उनीहरुको जिविको पार्जनको माध्यम नै रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ।

यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको थियो। 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा फिल्म निर्माण गरिएको हो। सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ।

फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ।

बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन्। पुरुषोत्तम प्रधान फिल्मका निर्माता र सिनेमाटोग्राफर हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .