ad ad

कला


विष्णु माझीको तीज गीत करोड क्लबमा, तोड्न सकेन ‘सकम्बरी’ को रेकर्ड

विष्णु माझीको तीज गीत करोड क्लबमा, तोड्न सकेन ‘सकम्बरी’ को रेकर्ड

नेपालखबर
भदौ १७, २०८१ सोमबार १७:४७, काठमाडौँ

चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ औँ दिनमा यस गीतलाई एक करोड बढी पटक हेरिएको हो।

यसअघि गीतले २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको थियो। सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको गीतलाई १ दिनमै १५ लाख बढी भ्युज मिलेको थियो। 

‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। तीजमा माइत जान नपाएको कुरा समेटिएको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। 

एक दिनमा सर्वाधिक हेरिने गीत बनेपनि यस गीतले प्रकाश सपुतको गीत ‘सकम्बरी’ को रेकर्ड भने तोड्न सकेन। किनकी ‘सकम्बरी’ ले सार्वजनिक भएको एकसातामै करोडभन्दा बढी पटक हेरिएको थियो।

यद्यपी विष्णुले आफ्नो पुरानो गीतको रेकर्ड भने तोडिन्।

तीनवर्षअघि सर्वाधिक चर्चित गीत ‘चरी जेलैमा’ गीतलाई १३ दिनमा एक करोड भ्युज पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .