ad ad

कला


भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्र गेटबाट निकाल्छु : अध्यक्ष दाहाल

भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्र गेटबाट निकाल्छु : अध्यक्ष दाहाल

नेपालखबर
भदौ १७, २०८१ सोमबार १६:५०, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहाल (डीसी)ले बार्डका कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने जिकिर गरे।

सोमबार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने पनि बताए। 

साथै, उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तर्वार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै प्रतिवद्धता जनाएका छन्।

सात दिनभित्र आफ्ना कार्ययोजना प्रस्तुत गर्ने पनि उनले बताए।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गरे।

कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए।

कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे।

उपस्थित अन्य कलाकारहरुले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिए।

साथै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महसुस हुनेगरी काम गर्न सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .