बुवाको मुख हेर्ने दिनको छेको पारेर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको युट्युब च्यानलबाट सार्वजनिक टिजर निकै मनछुने छ।
टिजरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपुत बाबुछोराको भूमिकामा देखाइएको छ। एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ। त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन्।
आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याएको, सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको र छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको स्मरण गर्छन्।
बुवाको संघर्षको पाटोसहित प्रकाश गाउँ फर्किएको र बुवाले जतनले राखेको सारङ्गी हेरिरहेको पनि देख्न सकिन्छ। जुन देखेर छोरा पनि बुवाले काँधमा बोकेर हिँड्ने गरेको स्मरण गर्छ।
समग्रमा टिजरमा गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा प्रस्तुत गरिएको छ। टिजरमा संवादभन्दा गीतको माध्यमबाट कथा बुझाउन कोसिस गरिएको छ।
सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्।
फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।
आगामी लक्ष्मीपूजाको अवसरमा कार्तिक १५ गतेबाट रिलिज हुने फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ।
Shares
प्रतिक्रिया