तीनदिने औपचारिक भ्रमणका लागि मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन्।
बिहिबार मध्यान्ह उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेकी हुन्।
संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा मिस बर्ल्ड सिंहसँगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन्। उनीहरुलाई त्रिभुवन विमानस्थलमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरिन्।
मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपालमा निमन्त्रणा गरेको र सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएको बताइएको छ।
उनीहरुले शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्ट हिमालय ग्रेट ट्रेल अवलोकन गर्ने र त्यसपछि मकवनपुरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम रहेको छ।
श्रेष्ठ र खतिवडाले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटिल हात पारेका कारड उनीहरु सो प्रोजेक्ट अवलोकन गर्न उत्साहित रहेको बताइएको छ।
प्रतिक्रिया