ad ad

कला


प्रधानमन्त्री अभिनित फिल्म ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ आजदेखि प्रदर्शनमा

प्रधानमन्त्री अभिनित फिल्म ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ आजदेखि प्रदर्शनमा

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ११:७, काठमाडौँ

आज (शुक्रबार) सिनेमा हलहरुमा दुई स्वदेशी फिल्म प्रदर्शनमा आएका छन्। लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ र रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’ हलमा लागेका हुन्।
 
मलिका महतको मुख्य भूमिका रहेको ‘सतीदेवी’ निर्देशक सुवैदीकै लेखन र निर्माण रहेको छ। सामाजिक कथामा निर्माण भएको यस फिल्मले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई समेटेको छ। 

यस फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाको अभिनय छ। 

रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको हो। 

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ मा तेसाब पिडितहरुको कथामा आधारित छ। रमितकै निर्माण रहेको फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन्। फिल्ममा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतको अभिनय छ। 

यस फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल पनि विशेष भूमिकामा छन्। 

सत्य घटनामा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .