सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक भएको एक्सनप्रधान ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन्।
मुख्य भूमिकामा देखिएका पल शाह फिल्ममा दोहोरो चरित्रमा छन्। हिरोदेखि खलपात्रको रुपमा पललाई देखाइएको छ। पल र पलबीचको लडाईले दर्शकमा कौतहल्ता पैदा गर्न सफल छ। ट्रेलरभरि तमाम एक्सन र हिंसात्मक दृश्य छन्।
पूजा शर्मालाई टेलिभिजन पत्रकारको रुपमा देखाउँदा प्रियंका कार्कीलाई भने मुश्लिम महिलाको रुपमा प्रस्तुत गरिएको छ। पूजा शर्मा फिल्ममा पलको जोडीको रुपमा छिन्।
यस फिल्ममा पल, पूजा र सुदर्शनसहित प्रियंका कार्की, निकिता चण्डक, प्रमोद अग्रहरि, प्रकाश शाह, शर्मिला मल्ल लगायतको अभिनय रहेको छ।
पूजा शर्मा निर्माता रहेको यो फिल्म भदौ २१ गतेबाट रिलिज हुँदैछ।
3
Shares

प्रतिक्रिया