ad ad

कला


‘स्त्री २’ हिट भएपछि श्रद्धाका बढे इन्स्टाग्राम फलोअर्स, धेरै पछ्याइने भारतीयको तेस्रो नम्बरमा

‘स्त्री २’ हिट भएपछि श्रद्धाका बढे इन्स्टाग्राम फलोअर्स, धेरै पछ्याइने भारतीयको तेस्रो नम्बरमा

नेपालखबर
भदौ ५, २०८१ बुधबार १५:२३, काठमाडौँ

बलिउड अभिनेत्री श्रद्धा कपुर फिल्म ‘स्त्री २’ का कारण चर्चामा छिन्। गत बिहीबारदेखि रिलिज भइरहेको यस फिल्मले बक्सअफिसमा धमाका मच्चाइरहेको छ।

यसैबीच, श्रद्धा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्दै इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो नम्बरमा छिन्।

‘स्त्री २’ हिट भएपछि श्रद्धालाई दर्शकहरूले चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा धमाधम फलो गरिरहेका छन्। श्रद्धाका इन्स्टाग्राममा ९ करोड १५ लाख फलोअर्स छन् भने प्रधानमन्धी मोदीको ९ करोड १३ लाख छन्।

यद्यपी, भारतीय प्रधानमन्त्री मोदी एक्स (ट्विटर) मा धेरै फलोअर्स भएका विश्व नेता हुन्। उनलाई एक्समा १०१.२ मिलियनले फलो गरेका छन्।

भारतमा सर्वाधिक पछ्याउने पहिलो स्थानमा क्रिकेटर विराट कोहलीको नाम छ। उनलाई इन्स्टाग्राममा २७ करोड १० लाखले पछ्याएका छन्।

त्यसैगरी, दोस्रो नम्बरमा अभिनेत्री प्रियंका चोपडा छिन्। उनलाई इन्स्टाग्राममा ९ करोड १८ लाखले फलो गरेका छन्। त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना कैफ, दीपिका पादुकोण, नेहा कक्कर र उर्वर्शी रौतेला छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .