ad ad

कला


नृत्य निर्देशक संघले पुस २६ र २७ गते पहिलो राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघले पुस २६ र २७ गते पहिलो राष्ट्रिय भेला गर्ने

नेपालखबर
भदौ ४, २०८१ मंगलबार २०:१०, पोखरा

नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला गर्ने भएको छ।

आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव एवम् प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए।

राष्ट्रिय भेला कोसी प्रदेशमा हुने श्रेष्ठले जानकारी दिए।

छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह–कोषाध्यक्ष केशव कोइरालाले बताए। 

त्यसैगरी जिल्ला, नगर, गाउँपालिका अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको उनले बताए।

गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा उपकुलपती गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धी अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरूलाई प्रशिक्षण गराउनु पर्ने बताए।

संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकारबाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरु एक जुट भई अगाडी बढ्नु पर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .