प्रसिद्ध फ्रान्सेली अभिनेता एलेन डेलोनको ८८ वर्षको उमेरमा निधन भएको छ।
उनको आफ्नै घरमा मृत्यु भएको हो। जहाँ उनी आफ्नो परिवार र तीन सन्तानसँग बस्थे।
समाचार एजेन्सी एएफपीका अनुसार उनी फ्रान्सेली सिनेमाको स्वर्ण युगको स्टार थिए।
एलेन डेलोनको स्वास्थ्य केही वर्षदेखि नाजुक बन्दै गएको थियो।
हालै उनको परिवार टुटेको खबरले पनि निकै चर्चा पायो।
१९६० को दशकमा एलेन डेलोनलाई फ्रान्सेली सिनेमाको सबैभन्दा सुन्दर अभिनेता मानिन्थ्यो।
'द लियोपर्ड' र 'रोको एन्ड हिज ब्रदर्स' उनका हिट फिल्म हुन्।
एलेन डेलोनले आफ्नो करियरमा ९० भन्दा बढी चलचित्रमा काम गरे।
141
Shares

प्रतिक्रिया