ad ad

कला


‘खुस्मा’को टिजरमा धिरज र उपासनाको प्रेमकथा (भिडिओ)

‘खुस्मा’को टिजरमा धिरज र उपासनाको प्रेमकथा (भिडिओ)

नेपालखबर
साउन २६, २०८१ शनिबार १८:४७, काठमाडौँ

धिरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई देख्न सकिन्छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको यो फिल्म आगानी असोज ३ गतेबाट रिलिज हुनेछ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म थापाको पहिलो निर्देशकिय फिल्म हो।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर फिल्मको निर्माता हुन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .