ad ad

कला


चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको स्वर डबिङ

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको स्वर डबिङ

नेपालखबर
साउन १९, २०८१ शनिबार १७:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्। उनले  शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नो स्वर डबिङ गराएका हुन्।

उक्त चलचित्रमा प्रधानमन्त्री ओलीले पनि अभियनय गरेका छन्। ओली नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा ल्याएको तेजाव आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन्।

यसअघि पूर्व प्रधानमन्त्री माधव नेपालले पनि फिल्मका लागि आवाज ‘डबिङ’ गराएका थिए। तेजाव पीडितहरूको कथामा आधारित यो फिल्मको निर्माण कलाकार रमित ढुंगानाले गरेका छन्।

उनले नै निर्देशन गरेको फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुन, सुरवीर पण्डित, सिम्रन खड्का लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .