ad ad

कला


फ्राइडे रिलिज : दुई विदेशीसहित फिल्म ‘मोदीबेनी’ प्रदर्शनमा

फ्राइडे रिलिज : दुई विदेशीसहित फिल्म ‘मोदीबेनी’ प्रदर्शनमा

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १२:१५, काठमाडौँ

आज (शुक्रबार) सिनेमाहलमा एक स्वदेशीसहित दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्।

नेपालीतर्फ वर्षा शिवाकोटी स्टारर फिल्म ‘मोदीबेनी’ रिलिज हुँदा बलिउड फिल्म ‘और मे कहाँ दम था’ र हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ हलमा लागे।

शङ्कर कोइराला निर्देशित फिल्ममा वर्षासहित नव अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा छन्।

आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्मले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भन्छ। 

फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, हिउवाला गौतम लगायतको अभिनय छ।

आजबाट रिलिज भएको फिल्म ‘और मे कहाँ दम था’ एक्सन, रोमान्स ड्रामा जनरामा बनेको हो। यस फिल्ममा अजय देवगन र तब्बु, जिमी शेरगिल, सई मांजरेकर र शान्तनु महेश्वरी मुख्य भूमिकामा छन्। 

नीरज पाण्डेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा ओस्कार विजेता संगीतकार एमएम किरवानीको संगीत रहेको छ। यस फिल्मले सन् २००२ देखि २०२३ सम्मको प्रेमकथालाई देखाउँछ। 

शान लेवी निर्देशित हलिउड फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ एक्सन र कमेडी जनरामा बनेको हो।

रायन रेनोल्ड्स, हग ज्याकम्यान, मोरेना बेकारिन, मैथ्यू म्याकफ्याडियन, शिओरी कुत्सुनाको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .