कला


सुरक्षाको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को विदेश राइट्स बिक्री

सुरक्षाको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को विदेश राइट्स बिक्री

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १२:१८, काठमाडौँ

साउन ३२ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’ को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ। बिहीबार यूके, समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिए। 

यो फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्नेगरि फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशिल कम्पनि वि.एस. इन्टरटेन्मेन्टले खरिद गरेको हो।

निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबीच हालै सम्झौता भएको विष्टले बताए।

विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन्।

अन्य देशहरूमा पनि फिल्म प्रदर्शनको कुरा अघि बढेको उनले बताए।

लक्ष्मण सुनारको निर्देशित फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशिल पोखरेल लगायत मुख्य भूमिका छ।

फिल्मले यसअघि सम्पन्न फिल्म महोत्सव तथा अवार्डहरूमा हरेक विधामा उत्कृष्ट कहलिँदै अब्बलता प्रस्तुत गरिसकेको छ।

यसअघि यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो। कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो।

तर, विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad