ad ad

कला


‘बिस्ताराले पोल्यो’ तीज गीत विवादमा परेपछि शान्तिश्रीले मागिन् माफी

‘बिस्ताराले पोल्यो’ तीज गीत विवादमा परेपछि शान्तिश्रीले मागिन् माफी

फाइल तस्बिर : गायिका शान्तीश्री परियार


नेपालखबर
साउन १६, २०८१ बुधबार १५:११, काठमाडौँ

गायिका शान्तीश्री परियारले आफूले गाएको गीत विवादमा परेपछि माफी मागेकी छन्।

‘बिस्ताराले पोल्यो’ बोलको तीज गीतबारे चर्को आलोचना भएपछि उनले एक विज्ञप्ति निकाल्दै माफी मागेकी हुन्। 

‘गीत गायनकै क्रममा हरि गिरी विमर्शी युट्युब च्यानलबाट मिति २०८१ श्रावण ११ गते प्रशारित ‘बिस्ताराले पोल्यो’ भन्ने गीतमा मेरो आवाज छ। सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभए तापनि उक्त गीतको भिडिओका केही दृश्यका कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु,’ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा विज्ञप्तिमा उल्लेख छ।

साथै शान्तिश्रीले आगामी दिनमा शब्द-संगीत छनोट गरी गाउने वाचासमेत गरेकी छन्। 

हेर्नुहोस् विज्ञप्ति-

गायनको १४ वर्षे यात्रामा करिब २००० भन्दा बढी गीत मार्फत विभिन्न सन्देश तथा मनोरन्जन पस्किँदै आइरहेकी छिन्। तर, ‘बिस्ताराले पोल्यो’ गीत गाएपछि शान्तिश्रीबारे युट्युबदेखि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। साथै उनले स्ट्याटसमा कहिलेकाहीँ बाटोमा हिँड्दा ठेस लाग्नेसमेत उल्लेख गरेकी छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .