ad ad

कला


‘द आउट ल’को जापान प्रदर्शन अधिकार बिक्री

‘द आउट ल’को जापान प्रदर्शन अधिकार बिक्री

नेपालखबर
साउन १६, २०८१ बुधबार १४:२५, काठमाडौँ

केही दिनअघि सार्वजनिक गरिएको फिल्म ‘द आउटलः दफा २१९’को टिजर चर्चामा छ।

सुशील श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतारको तारिफ भइरहेको छ। 

टिजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि बिक्री हुन थालेको छ। फिल्मको जापान अधिकार बिक्री भएको निर्माणपक्षले जनाएको छ।

जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो। यस कम्पनीका प्रमुख उज्ज्वल गुरागाईंले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए। यसैले आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाइ छ।

अमित अग्रहरि निर्माता रहेको फिल्म ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन। तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला‍लगायत अभिनय छ।

विक्की महर्जनले निर्देशन रहेको यो फिल्म असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .