ad ad

कला


‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टरको एंग्री लुकमा हरिहर

‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टरको एंग्री लुकमा हरिहर

नेपालखबर
साउन १३, २०८१ आइतबार १२:४९, काठमाडौँ

फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई देख्न सकिन्छ। 

जहाँ उनलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ।

चन्द्र पन्तको डेब्यु निर्देशकिय फिल्मको सार्वजनिक पोस्टरमा हरिहरसहित कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ। 

केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ। सिनेमाको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको छ। यो फिल्म असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारी छ। 

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। 

नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ। विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .