ad ad

कला


बागमतीमा फिल्म ‘मोदीबेनी’ टिमको र्‍याफ्टिङ

बागमतीमा फिल्म ‘मोदीबेनी’ टिमको र्‍याफ्टिङ

नेपालखबर
साउन १३, २०८१ आइतबार १०:४१, काठमाडौँ

यही साउन १८ गते प्रदर्शन हुने फिल्म ‘मोदीबेनी’ टिमले बागमती नदीमा र्‍याफ्टिङका शुभारम्भ गरेका छन्।

वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठसहितका कलाकारले र्‍याफ्टिङ गरे।

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्राअन्तर्गत शनिबार र्‍याफ्टिङ शुभारम्भ गरिएको हो। 

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए। अभिनेत्री वर्षा शिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन्।

 त्यस्तै अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौँमै र्‍याफ्टिङको आनन्द लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकका लागि पनि आकर्षण हुन सक्ने बताए।

बागमती सभ्यता बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्‍याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्‍याफ्टिङ गर्ने गर्छन्।

आइतबार थापाथली देखि चोभारसम्म सर्वसाधारणले पनि र्‍याफ्टिङ गर्न पाउनेछन्। यसका लागि विद्यार्थीलाई ५ सय र अन्यलाई ९ सय रुपैयाँ शुल्क तोकिएको छ।

काठमाडौँमा पनि र्‍याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए।

शंकर कोइराला निर्देशित फिल्ममा वर्षा र अमर प्रतापसहित सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य, हिउवाला गौतमलगायतको अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता छन्। चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन्। 

यस फिल्मलाई काठमाडौँ उपत्यकाभित्र रिच इन्टरटेन्मेन्टले र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .