ad ad

कला


बोर्डबाट बिदा भए भुवन केसी

बोर्डबाट बिदा भए भुवन केसी

नेपालखबर
साउन १०, २०८१ बिहिबार १६:१२, काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षबाट भुवन केसी बिदा भएका छन्।

बोर्डको २ वर्षको कार्यकारी अध्यक्षको कार्यकाल सकिएपछि उनी बिदा भएका हुन्।

साउन ८ गते केसीको कार्यकाल सकिएको थियो। आज बिहीबार बोर्डको हलमा कार्यक्रम गर्दै उनको औपचारिक बिदाइ गरिएको हो।

कार्यक्रममा केसीलाई माला लगाउँदै फ्रेमिङ गरिएको ठूलो फोटोसमेत प्रदान गरिएको थियो।

केसीले २ वर्षे कार्यकालमा आफूले धेरै कुरा सिक्न पाएको सुनाए। चलचित्र क्षेत्रका समस्या र चुनौतीलाई आफ्नो अनुभव र क्षमताले भ्याएसम्म समाधान गर्ने प्रयास गरेको उनको दाबी थियो।

कार्यक्रममा उनको २ वर्षे कार्यकालको मुख्य उपलब्धि समेटिएको पुस्तकसमेत सार्वजनिक गरिएको थियो। जसमा उनका उपलब्धिदेखि आगामी कार्यदिशाहरू समेत प्रस्तुत गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .