ad ad

कला


वर्षौंदेखि धोकेबाजको ट्याग सामना गरिरहेको छु : रणवीर कपुर

वर्षौंदेखि धोकेबाजको ट्याग सामना गरिरहेको छु : रणवीर कपुर

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:५३, काठमाडौँ

पछिल्लो पटक बलिउड अभिनेता रणवीर कपुर फिल्म ‘एनिमल’ मा देखिएका थिए। गत डिसेम्बरमा रिलिज भएको यो फिल्म बक्सअफिसमा हिट भएको थियो।  

हालैको एक अन्तर्वार्तामा रणवीरले आफ्नो परिवारसँगको सम्बन्धबारे चर्चा गरे। साथै उनले धेरै वर्षदेखि आफूले धोखेबाजको ट्यागको सामना गरिरहेको बताए।

अन्तर्वार्तामा रणबीरलाई बाल्यकाल र बुबासँगको सम्बन्धबारे प्रश्न सोधिएको थियो।

रणवीर जवाफमा भने, ‘मेरो बुबा सर्ट टेम्पर्ड भएपनि धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो। उहाँको आँखाको रङ पनि मैले देखेको छैन। म सधैं शिर निहुराएर उहाँको अगाडि उभिन्थें। उहाँलाई कहिल्यै नाइँ भनिन। उहाँले जे भन्यो, मैले चुपचाप स्वीकार गरेँ।’

आफूले व्यक्त गर्न नसक्ने र सजिलै रुन पनि नसक्ने उनले बताए। एकपटक आफूले थेरापी लिएको पनि खुलाए।

रणवीरले आफ्नो डेटिङ जीवनको बारेमा पनि कुरा गरे। उनले भने, ‘मैले दुई धेरै सफल अभिनेत्रीसँग डेट गरेँ, जो मेरो पहिचय बनिदियो। मलाई एक कासानोभा र एक चीटर ट्याग दिइयो। म यो ट्यागसँग वर्षौंदेखि बाँचेको छु। आज पनि यी दुवै ट्यागहरू मसँग छन्। मलाई नराम्रो लाग्छ, तर म आफैंलाई बुझाउँछु।’

रणवीरले दीपिका पादुकोण र कट्रिना कैफलाई डेट गरेको चर्चा थियो। दीपिका र सोनम कपुर दुवैले ‘कफी विथ करण’ मा रणवीरको डेटिङ लाइफको बारेमा चर्चा गरेका थिए।  त्यसपछि रणवीरलाई कासानोभाको ट्याग मिलेको थियो।

रणवीर आजकल नितिश तिवारीको फिल्म ‘रामायण’मा व्यस्त छन्। फिल्ममा उनी रामको भूमिकामा देखिनेछन्। फिल्ममा उनको जोडीको रुपमा सीताको भूमिकामा साउथ अभिनेत्री साई पल्लवी देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .