कला


फिल्म ‘कार्साङ’ को वर्कसपमा जोडिए दयाहाङ, चारमहिनापछि खेल्दैछन् फिल्म

फिल्म ‘कार्साङ’ को वर्कसपमा जोडिए दयाहाङ, चारमहिनापछि खेल्दैछन् फिल्म

नेपालखबर
साउन २, २०८१ बुधबार १३:१८, काठमाडौँ

अभिनेता दयाहाङ राई फिल्म ‘कार्साङ’ को कार्यशाला (वर्कशप) मा जोडिएका छन्। काठमाडौंमा कलाकारसहित निर्देशक र प्राविधिक टिमको उपस्थितिमा वर्कसप चलिरहेको छ। 

यो फिल्म यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको हो। फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ। 

फिल्मका मुख्य पात्र दयाहाङ फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरिएको छ। केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको थियो। यसै साताबाट फिल्मको सुटिङ सुरु हुनेछ। 

फिल्मको संख्या धेरै भएपछि गत चैतबाट दयाहाङले फिल्म साइन गरेका छैनन्। यसबीच दयाहाङले नयाँ फिल्मको सुटिङ नगरेपनि प्रदर्शन भएका फिल्मको प्रमोसनमा लागेका थिए। उनले पछिल्लोपटक ‘घरज्वाइँ’ को सुटिङ गरेका थिए। 

सामाजिक कथावस्तुमा बन्ने फिल्मको मुख्य कलाकारका दयाहाङसहित सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन्। यसै फिल्ममार्फत नवअभिनेत्रीका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन्। उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन्।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ। 

यम शेर्पाले निर्देशन गर्ने फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा शर्पाकै कथा, पटकथा तथा संवाद रहेको छ। शेर्पाले यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका छन्। यसै फिल्मबाट शेर्पाले निर्देशनमा डेब्यु गर्दैछन्। 

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad