गत शुक्रबारबाट प्रदर्शन भएको अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’ राम्रो व्यापार गरेको छ। छैंटो दिनमा पनि देशभर उच्च अकुपेन्सीसहित फिल्म चलिरहेको वितरक रोहित कट्टेलले बताए।
उनका अनुसार धेरै हलमा आज पनि हाउसफुल भएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्बिर सार्वजनिक गर्दै उनले खुसी साझा गरेका छन्।
फिल्मले शुक्रबार र शनिबार १ करोड ५१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि यस फिल्मले दर्शकको साथ पाएको दाबी गरे।
शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गरेको वर्डअफ माउथ राम्रो पाएको थियो। वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ सिनेमा चलेको उनले बताए।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
अनिलको डेब्यु निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु० लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया