ad ad

कला


विक्की र तृप्ति स्टारर ‘ब्याड न्युज’ को २७ सेकेन्डको चुम्बनमा सेन्सर

विक्की र तृप्ति स्टारर ‘ब्याड न्युज’ को २७ सेकेन्डको चुम्बनमा सेन्सर

नेपालखबर
साउन १, २०८१ मंगलबार १४:३६, काठमाडौँ

बलिउड फिल्म ‘ब्याड न्युज’ आगामी शुक्रबारबाट रिलिज हुँदैछ। केही दिनअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनबाट यस फिल्मको सेन्सर पास गरिएको थियो।

यस फिल्ममा विक्की कौशल र तृप्ति डिमरी मुख्य भूमिकामा छन्।

प्रदर्शन अनुमति दिँदा फिल्मको केही दृश्यहरुमा सेन्सर गरेको छ। फिल्मको अडियोमा कट नगरेपनि समितिले चुम्बन गरेको तीनवटा दृश्यलाई सेन्सर गरेको छ।

फिल्ममा ९, १० र ८ सेकेन्डका तीनवटा चुम्बनका दृश्य छन्। कुल मिलाएर सीबीएफसीले २७ सेकेन्डका तीनवटा दृश्यहरु परिमार्जित गरेको छ।  

रमाइलो कुरा के छ भने, कटलिस्टमा लिप लकको दृश्य परिमार्जन गर्न उल्लेख गरिएको छ। तर, फ्रेम एक पनि काटिएको छैन। अब चुम्बन दृश्यलाई कसरी परिमार्जन गरिएको छ त्यो दर्शकले फिल्म हेरेपछि थाहा पाउनेछन्।

यस फिल्ममा विक्की र तृप्तिसहित एमी विर्क र नेहा धुपियाको अभिनय छ। आनन्द तिवारीको निर्देशन रहेको फिल्मलाई धर्मा प्रोडक्सनका करण जोहर, लियो मिडिया कलेक्टिभ प्रालिका आनन्द तिवारी र अमृतपाल सिंह बिन्द्रा र अमेजन प्राइमका मनिष मेन्घानीले निर्माण गरेका हुन्।

यो फिल्म जुलाई १९ मा रिलिज हुने तयारीमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .