ad ad

कला


म्याड फेस्टमा थिएटर र मिडियाबारे बहस

म्याड फेस्टमा थिएटर र मिडियाबारे बहस

नेपालखबर
असार २५, २०८१ मंगलबार १८:४, काठमाडौँ

मण्डला थिएटरका युवा रङ्गकर्मीहरुले गरेको ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत ‘केही माया केही विचारका कुरा’ मा बहस गरिएको छ। रङ्गकर्मी किरण चाम्लिङसहित  पत्रकार सुशीला तामाङ र नाटककार तथा कला लेखक सुरज सुवेदी लगायतकाले थिएटरको विकासमा मिडियाको भूमिका रहेको बताए।  

चाम्लिङले थिएटरका हरेक गतिविधिहरुलाई मिडियाको साथ, समर्थन र माया रहेको बताए। जोखना, खुवालुङ जस्ता बहुचर्चित नाटक निर्देशन गरिसकेका चाम्लिङले मिडियाले सधैं माया गरेर थिएटरलाई हेरिरहेको बताए।

‘मैले गरेको नाटकहरुमा पनि मिडियाको उत्तिकै माया र साथ पाएँ। थिएटरमा काम गर्ने क्रममा हाम्रा केही कमजोरीहरु पनि हुन्छन्, तर मिडियाले माया गरेर सधैं राम्रो कुरा मात्र लेखिदिनुभएको छ,’ उनले भने।

मिडियामा थिएटरको गहिराईभन्दा पनि सहतमा देखिएका सामान्य सूचना दिने हिसाबले समेटेको भन्दै उनले गुनासो गरे।

बहसमा कला पत्रकारिता, नाटक समीक्षा, थिएटरमा मिडियाको पहुँच, थिएटरले निर्माण गरिरहेको विचार र त्यसलाई मिडियाले कसरी लिएको छ त भन्ने दृष्टिकोणबाट पत्रकार रीना मोक्तानले बहस अगाडि बढाएकी थिइन्।

नाटककार सुवेदीले थिएटरको फैलावट र यसको विचार निर्माण प्रक्रियामा मिडियाको ठूलो भूमिका रहेको भन्दै हाल भइरहेको मिडियासम्मको पहुँचलाई सन्तोषजनक नै रहेको बताए।

उनले भने, ‘एउटा नाटक चलेपछि त्यसको समीक्षा र मिडिया कभरेजको कुरा मैले अझ मेरो नाटक आएपछि बुझेँ । मैले पनि धेरै समीक्षा गरेको छु । नाटक र थिएटरलाई अगाडि कसरी लैजाने भन्ने कुरामा पनि मिडियाले भूमिका हुन्छ जस्तो मलाई लाग्छ।’

पत्रकार तामाङले पनि सुवेदी र चालिङकै भनाइलाई सही थप्दै कभरेजकै हिसाबमा हेर्ने हो भने थिएटरले मिडियाको साथ र माया पाइरहेको बताइन्। उनका अनुसार मिडियाले गरिरहेको कभरेजको धारलाई आगामी दिनमा परिवर्तन गरेर लैजान्छुपर्छ।

‘मिडियाले थिएटरलाई माया र सहानुभूति मात्र दियो भन्ने गुनासो रङ्गकर्मीहरुबाट सुनिन्छ। हामीले आलोचनात्मक रुपमा लेख्न माया गरी लेखेर मात्र हुँदैन होला।’

थिएटर र रङ्गकर्मीहरुले नाटक चल्ने अवधिमा नभएर मिडियासँग थिएटरकै विषयमा निरन्तर संवादमा रहनुपर्ने धारणा राखिन्।

आइतबार समापन गरिएको म्याड फेस्टमा मण्डलाकै युवारङ्गकर्मीहरुका ६ वटा नाटकहरु मञ्चनका साथै, छलफल, सङ्गीत र कविता प्रस्तुतिका कार्यक्रमहरु समेत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .