ad ad

कला


‘एफएलएफ अवार्ड २०८१’ छैटौँ संस्करण आयोजना हुने

‘एफएलएफ अवार्ड २०८१’ छैटौँ संस्करण आयोजना हुने

नेपालखबर
असार २५, २०८१ मंगलबार १६:३५, काठमाडौँ

‘एफएलएफ अवार्ड २०८१’ छैटौँ संस्करण आयोजना हुने भएको छ। अवार्डका लागि आवेदन खुलिसकेको आयोजकले जनाएको छ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने बताए।

‘हामीले फिल्म, म्यूजिक भिडियोको लागि फाराम खुलाइसकेका छौँ। अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं’, उनले भने।

यो अवार्ड फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा हुन लालेको हो। अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ।

यस वर्षको अवार्डका लागि उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .