ad ad

कला


‘ऊनको स्वीटर’ छायाङ्कनका लागि पाँचथर पुगेका अभिनेता विपिन बिरामी परे

‘ऊनको स्वीटर’ छायाङ्कनका लागि पाँचथर पुगेका अभिनेता विपिन बिरामी परे

फाइल फोटो


नेपालखबर
असार १८, २०८१ मंगलबार १६:१३, काठमाडौँ

अभिनेता विपिन कार्कीको स्वास्थ्यमा समस्या देखिएको छ। फिल्म ‘ऊनको स्वीटर’ को सेटमा विपिनको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइएको निर्देशक नवीन चौहानले जानकारी दिए।   

अमेरिकामा फिल्म ‘तेल भिसा’ को सुटिङ सकेर फर्किए लगत्तै विपिन ‘ऊनको स्वीटर’ छायाङ्कनको लागि पाँचथर पुगेका थिए। तीन सातादेखि पाँचथर साधुटार फिल्मको सुटिङ चलिरहेको छ।

चौहानका अनुसार सेटमा पुगेको एक सातापछि विपिनको ब्लड प्रेसर हाई भइरहेको थियो। चारदिनसम्म प्रेसर कम नभएपछि निर्माणटिमले उपचारका लागि काठमाडौं ल्याएको हो। आजनै विपिनको उपचारको लागि समय लिएको समेत उनले बताए।

‘सुटिङ सेटमा चारदिनसम्म प्रेसर कम नभएपनि हामीले उहाँलाई हिजोनै चेकजाँचका लागि काठमाडौं पठाइसकेका छौं। आज उपचारको लागि समय लिनुभएको छ। अब उहाँ निको भएपछि मात्रै सुटिङमा जोडिनुहुन्छ। उहाँबाहेकको सुटिङ चाहिँ चलिरहेकै छ,’सुटिङ स्थलबाट चौहानले बताए।

यस फिल्ममा विपिनसहित मिरुना मगर पनि मुख्य भूमिकामा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .