‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ का विजेता धिरोजकाजी बस्नेत पोल्यान्ड उडेका छन्। मिस्टर सुप्रा नेसनलमा नेपाललाई प्रतिनिधित्व गर्न उनी पोल्यान्ड प्रस्थान गरेका हुन्।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्यान्ड उडेको धिरोज स्वयमले जानकारी दिएका हुन्। साथै उनले एयरपोर्ट लुकको तस्विर र रिल्स समेत सेयर गरेका छन्।
जसमा धिरोजले नेपाली झण्डा फरफराइरहेको देख्न सकिन्छ।
‘मिस्टर सुप्रानेसनल’ को यस प्रतियोगिताको फिनाले भने आगामी ४ जुलाईमा हुँदैछ।
चितवनका धिरोज भलिवल खेलाडी समेत हुन्। उनले विगत तीनवर्षदेखि अन्डर २३ रराष्ट्रिय भलिवल टिममा कप्तानको जिम्मेवारी सम्हाल्दै आएका छन्।
54
Shares
प्रतिक्रिया