ad ad

कला


शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिदै ‘एक्सिस ब्यान्ड’

शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिदै ‘एक्सिस ब्यान्ड’

नेपालखबर
असार ६, २०८१ बिहिबार १४:३९, काठमाडौँ

विश्व संगीत दिवसको अवसर पारेर सांगीतिक ब्यान्ड ‘एक्सिस’ शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिने भएको छ।

ब्यान्डले ९० मिनेटको प्रस्तुतिमा अधुरो प्रेम, हे मोरी, मुस्कान, मेरो प्रेम, एकचोटी र सात समुन्द्र पारी लगायतका गीतमा प्रस्तुति दिनेछन्।

ब्यान्डमा सन्दिप विश्वकर्मा (संस्थापक÷भोकलिस्ट), अमूल्य श्रेष्ठ (ड्रम), सजिन मर्जन (बास), रोशन लामा (गीतारिष्ट) र निखिल सिकर्मी (गितार) रहेका छन्।

ब्यान्डले गत बुधबारमात्र नेपाल टुर भिडियो समेटिएको गीत ‘घर गाउँ’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो। भिडियोको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवक (पीभीई नेटवर्क) हो।

गीतको भिडिओमा व्याण्डले पोखरा, नारायणघाट, बुटवल, झापा, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा गरेको कार्यक्रमको दृश्य समेटिएको छ।

पीभीई नेटवर्कका विकेश कायस्थले एक्सिसले सन् २००४ मा आफ्नो डेब्यू एल्बम ‘ब्ल्याक एण्ड ह्वाइट’को गीत ‘अधुरो प्रेम’ सार्वजनिक गरेको २० वर्ष पुग्नु साथै विश्व संगीत दिवसको छेकोमा व्याण्डको कन्सर्ट हुनु संयोग मिलेको बताए।

पीभीई नेटवर्कले व्यवस्थापन गरेको ब्यान्ड हालै काठमाडौँमा सम्पन्न ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८०’मा ‘बेस्ट बेन्ड’ विधाको मनोनयनमा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .