ad ad

कला


आमिरको फिल्मका कारण अक्षयको ‘वेलकम-३’ को रिलिज मिति सर्‍यो

आमिरको फिल्मका कारण अक्षयको ‘वेलकम-३’ को रिलिज मिति सर्‍यो

नेपालखबर
असार ३, २०८१ सोमबार १२:२१, काठमाडौँ

अक्षयकुमार स्टारर बलिउड फिल्म ‘वेलकम ३’ को रिलिज मिति सरेको छ। 

भारतीय समाचार माध्यमका अनुसार ‘वेलकम टु द जङ्गल’ सन् २०२५ मा रिलिज हुँदैछ। यसअघि यो फिल्म २० डिसेम्बरमा रिलिज हुने तय भएको थियो। 

अर्कोतर्फ चलचित्र ‘सितारा जमिन पर’ को छायांकन सकिएको छ। फिल्म यसै वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ। ‘सीतारे जमिन पर’ सँग भिड्न नदिन फिल्म ‘वेलकम ३’ को रिलिज मिति परिवर्तन गरिएको बताइएको छ। 

‘वेलकम ३’ मा अक्षय कुमार, सुनिल शेट्टी, अरशद वारसी, परेश रावल, तुषार कपुर, श्रेयस तलपदे, रविना टण्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज, दिशा पटानी लगायतको अभिनय छ।

‘वेलकम ३’ पहिलो सेड्युलको छायांकन मे महिनामा सकिएको थियो। तर, फिल्ममा भिएफएक्स पनि प्रयोग गरिएको छ, जसमा काम हुन बाँकी छ। यस्तो अवस्थामा यो वर्षको डिसेम्बर २० मा फिल्म रिलिज हुन सक्ने अवस्था छैन।

यसअघि ‘वेलकम ३’ सिरिजका दुई फिल्म रिलिज भइसकेका छन्। वेलकमको पहिलो श्रृंखला सन् २००७ मा र दोस्रो सिरिजन सन् २०१५ मा रिलिज भएको थियो। फिरोज नाडियाडवाला निर्माता रहेको फिल्मलाई अनिस बज्मीले निर्देशन गरेका थिए। 

अब ‘वेलकम ३’ लाई ‘बागी २’ र ‘बागी ३’ फेम्ड निर्देशक अहमद खानले निर्देशन गर्नेछन्। फिल्मको कथा भने फरहाद सामजीले लेखेका हुन्।

आमिर खान अभिनित फिल्म ‘सितारे जमीं पर’ को सुटिङ सकिएको छ। यस फिल्ममा जेनेलिया डिसुजा आमिर खानसँगै देखिँदैछिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .