ad ad

कला


दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’को प्रचार टुँडिखेलबाट सुरु

दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’को प्रचार टुँडिखेलबाट सुरु

नेपालखबर
असार २, २०८१ आइतबार १५:१२, काठमाडौँ

असार २८ गतेबाट प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’ को निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको छ। असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए।

शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए। सोही कार्यक्रममा ‘घरज्वाइँ’ टिमका तर्फबाट दयाहाङ राई, मिरुना मगर, शिशर वाङ्देल, भोलाराज सापकोटासहित निर्देशक अनिल बुढामगर लगायत टुँडिखेल पुगेका थिए।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए। यो फिल्म मगर समुदायमा आधारित भएतापनि सम्पुर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई मन पर्ने बताए।

आफू भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन सिनेमामा बाँच्न पाएको र आफुले चरित्रलाई न्याय दिएको समेत उनले सुनाए।

अभिनेत्री मिरुना मगरले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न पाएको सुनाइन्। मिरुनाले आफू पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो। आफुले सिनेमाको पात्रको रुपमा आफ्नो संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउने अवसर पाएकोमा खुशी व्यक्त गरिन्।

यस्तै भूमे पर्वमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि सिनेमाले दर्शकको मन जित्ने विश्सास व्यक्त गरेका थिए।

‘आज आफ्नै अगाडी दयाहाङ र मिरुना सिनेमा प्रचारको लागि आएको देख्दा निकै खुशी लागेको भन्दै दुवै जना भर्सटायल कलाकार रहेकाले आगामी दिनमा अझै सफलताको मेरो तर्फबाट दिन चाहान्छु’, अर्थमन्त्री पुनले भने, ‘केही समयअघि दयाहाङ जी जारी सिनेमामा लिम्बु समुदायको प्रतिनिधि पात्र भएर मिरुना जीलाई तान्दै हुनुहुन्थ्यो। अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ। आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने सिनेमामा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरले अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .