भारतीय अभिनेता वरुण धवन बुवा बनेका छन्। उनकी श्रीमती नताशा दलालले सोमबार राति मुम्बईको हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
सोमबार राति अस्पतालबाट वरुणका बुबा डेभिड धवन, उनकी आमा करुणा धवन र भाउजु जान्हवी धवनको भिडिओ बाहिरिएको थियो। यसै क्रममा उनका बुवाले वरणले छोरी भएको मिडियासँग जानकारी दिए।
वरुणले पनि मंगलवार बिहानै छोरीको जन्म भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। वरुणले पोस्ट सेयर गर्दै लेखेका छन्, ‘हाम्रीले छोरी पाएका छौँ। आमा र छोरीलाई शुभकामना दिनुहुने सबैलाई धन्यवाद। हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।’
निर्देशक करण जोहरले इन्स्टाग्राममा वरुणलाई बधाई दिएका छन्। वरुणले करण जोहरकै फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेका थिए।
वरुण-नताशाले गत फेब्रुअरीमा आमाबुवा बन्ने घोषणा गरेका थिए। २०११ जनवरी २४ मा विवाह गरेका थिए। अलिबागमा भएको यो विवाहमा दम्पतीका नजिकका सदस्य मात्रै सहभागी भएका थिए।
वरुणको आगामी फिल्म ‘बेबी जोन’ देखिँदैछन्। यसमा वरुणसहित कीर्ति सुरेश, वामिका गब्बी, सान्या मल्होत्रा र ज्याकी श्राफ मुख्य भूमिकामा छन्। यसलाई ‘जवान’ फेम निर्देशक एटलीले निर्देशन गर्दैछन्। यसबाहेक वरुण वेब सिरिज ‘सिटाडेलः हनी बन्नी’ मा पनि देखिनेछन् ।
Shares

प्रतिक्रिया