सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो देखिएको छ।
यो फिल्ममा कलाकार विजय बरालसहित बुद्धि तामाङको पनि इन्ट्री भएको छ। विजय र बुद्धिसहित बालकलाकारद्वय जान्भि पौडेल र स्वायम केसीलाई अनुबन्धित गरेको निर्माण टिमले जनाएको छ।
यस अघि फिल्मका मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत, मुकुन भुसालसहित अन्जना बराइली देखिने पक्का भइसकेको छ। त्यस्तै, विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गरिसकेको छ।
फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन। अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
यसै साता भित्र सुटिङमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।
यस फिल्मलाई आगामी वर्ष विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया