ad ad

कला


यस्तो छ साम्राज्ञी स्टारर फिल्म ‘लन्डन टु पेरिस’ को ट्रेलर

यस्तो छ साम्राज्ञी स्टारर फिल्म ‘लन्डन टु पेरिस’ को ट्रेलर

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:५४, काठमाडौँ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘लन्डन टु पेरिस’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ।

साम्राज्ञी र निश्चल खड्काबीच प्रेम र विछोडवरिपरि ट्रेलर घुमेको छ। घनश्याम लामिछाने निर्देशित यस फिल्मले ट्राभल लभस्टोरी प्रस्तुत गर्छ।

यस फिल्ममा साम्राज्ञी र निश्चलका साथै कवीर खड्का र गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ तथा मनीष गान्धीको अभिनय रहेको छ। निश्चलसहित गरिमाले यसै फिल्मबाट डेब्यू गर्दै छन्।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमीत बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन्।

एबी इन्टरनेसनलको प्रस्तुति रहेको यो फिल्म जेठ २५ गतेबाट रिलिज हुँदै छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले यसलाई नेपालभर वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .