सन् २०२३ मा रिलिज भएको प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ ले बक्सअफिसमा तहल्का मच्चायो। वर्षको सबैभन्दा धेरै कमाउने तेलुगु यस फिल्मले विश्वभर ७५० करोड भारु व्यापार गरेको थियो।
फिल्मको अन्त्यमा ‘सलार: शौर्यङ्गपर्वम’ दोस्रो भागको घोषणा गरिएको थियो। तर, अहिले दोस्रो भाग अलपत्र परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रभास र फिल्मका निर्देशक प्रशान्तबीचको रचनात्मक मतभेदका कारण यो फिल्म स्थगित गरिएको छ। यो फिल्म कहिले सुटिङ हुने भन्ने बारे कुनै जानकारी आएको छैन।
यसैबीच निर्देशक प्रशान्तले चाँडै नै एनटीआरसँगको अर्को फिल्म ‘एनटीआर ३१’ मा काम सुरु गर्ने भएका छन्। यो फिल्मको पहिलो सेड्युलको सुटिङ भदौमा सुरु हुनेछ। अहिले प्रशान्तले आफ्नो पूरा समय यही फिल्ममा खर्च गरिरहेका छन्।
कामको कुरा गर्दा प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ २७ जुनबाट विश्वभर रिलिज हुँदैछ। यसपछि ‘राजा साब’ र ‘आत्मा’ बाहेक उनको अर्को फिल्म छ। यस्तो अवस्थामा उनले ‘सालार–२’ मा कहिले काम गर्ने भन्नेमा शंका छ।
Shares

प्रतिक्रिया