धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’ को छायांकन सकिएको छ। रुकुम र कास्की जिल्लाका विभिन्न स्थानमा दुई चरणमा फिल्मको सुटिङ सकिएको हो।
पहिलो चरणको सुटिङ मनाङमा अनि दोस्रो चरणको पूर्वी रुकुमका विभिन्न स्थान र कास्कीको पोखरामा गरिएको थियो। मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ।
फिल्मको कथा निर्देशक थापा मगर आफैँले लेखेका हुन्। निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन्।
यस फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ।
यो फिल्म आगामी असोज ३ गते रिलिज हुने निर्माण पक्षको भनाइ छ।
Shares
प्रतिक्रिया